सुनको मुल्यमा बुद्धि

सहयात्रा टिभी

काठमाडौं । फागुन २०, आज सुनको मुल्यमा बुद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य निर्धारण गर्ने हो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन प्रतिऔंस १.८७ प्रतिशतले बढेर प्रतिऔंस २०८२ अमेरिकी डलर कायम भयो । जसले गर्दा नेपाली बजारमा आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ सुनको मूल्य बढ्यो ।

अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले मूल्य निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान सुनचादि व्यावसायीको छ ।

प्रकाशित : 3 March, 2024

प्रतिक्रिया दिनुहोस्