केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिला दिवसको अवसर पारेर प्रथम कर्णाली महिला सम्मेलन सुरू

सहयात्रा टिभी

काठमाडौं । फागुन २१,  ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पारेर सोमबार कर्णाली प्रदेशको प्रथम महिला सम्मेलन सुरू भएको छ।

वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको प्रदेश महिला सम्मेलनको नारा ‘महिलामा लगानीः सभ्य र सम्मुनत समाजको थालनी’ राखिएको छ।

सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । सम्मेलन उद्घाटन सत्र र सामूहिक छलफल गरी दुई चरणमा चल्ने वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

कर्णालीका सम्भावना, असर र चुनौतीको विषयलाई उजागर गर्न प्रथम महिला सम्मेलनले विशेष भूमिका खेल्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले बताइन्।

कर्णालीको विकासका लागि सबैको साझा बुझाइ बनाउन सम्मेलनको भूमिका रहने उनले बताइन्।

सम्मेलनको दोस्रो सत्रमा सामूहिक छलफल गरिने र त्यसबाट निस्किएका निश्कर्षका आधारमा सुर्खेत घोषणापत्र जारी गरिनेछ। सामूहिक छलफलका लागि अवधारणापत्र तयार पारिएको छ।

प्रकाशित : 4 March, 2024

प्रतिक्रिया दिनुहोस्