केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जब एलिना चौहान र साउण्ड टेक्निसियनबीच भनाभन भयो…

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भएको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की भएको देखिन्छ ।

यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको देखिन्छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा यस्तो भनाभन भएको हो ।

भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरिरहेको देखिन्छ । ती प्राविधिकले चाहिँ ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’भनेर जवाफ दिएका छन् ।

त्यसपछि एलिनाले भनेकी छन्- पहिलो तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो ? आफ्नो गल्ती…यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन क्या । बुझ्नु भो नि । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन अनि । लाज लाग्दैन यस्तो बोल्नलाई ?

त्यसपछि ती टेक्निसियनले भनेका छन्- तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ त्यसपछि एलिनाले अन्य आयोजकसँग कराएको देखिन्छ । उनीहरुबीच स्टेजमै यस्तो भनाभन हुँदा दर्शकले हुटिङ गरिरहेका छन् । दर्शकले ती साउण्ड टेक्निसियनमाथि खनिएका थिए ।

मिडिया कुराकानीमा एलिनाले आफ्नो आवाज सुख्खा भएकाले गाउन समस्या भएको बताएकी छन् । स्टेजमा मोनिटर पनि नराखिएको र जबर्जस्ती गाउनुपरेको उनको गुनासो छ । त्यो भनाभनपछि गाउने अवस्था नभएकाले आफू त्यहाँबाट हिँडेको एलिनाले बताएकी छन् ।

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्