अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई चुनावका लागी लगाएको प्रतिबन्ध उल्टायो

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ ।

गएको डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी संविधानमा सशस्त्र विद्रोहीलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाउने व्यवस्था उल्लेख छ ।

यही अनुसार विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध गरिएको थियो । सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने गरी प्रतिबन्ध खारेज गरेपछि ट्रम्पले यो अमेरिकाकै लागि ठूलो जित भन्नुभएको छ ।

डोनाल्ड ट्रम्पले आज राष्ट्रपति उमेद्वार छनोटका लागि हुन लागेको अमेरिकी चुनावको प्रारम्भिक चरणमा भाग लिँदै हुनुहुन्छ । कोलोराडोसहित १५ वटा राज्यले आजको प्रारम्भिक चरणको मतदान गर्नेछन् ।

 

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्