सुनको मूल्यमा अहिलेसम्मकै उच्च बृद्धि
सहयात्रा टिभी
काठमाडौं । फागुन २२, सुनको मूल्यमा नयाँ रेकर्ड कायम भई अहिलेसम्मकै उच्च बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मुल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि हिजो १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा एक हजार चार सय १० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँ बढेर एक हजार चार सय ४५ रुपैयाँ पुगेको छ ।