कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिंदै

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो । आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए ।

८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

 

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्