नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए ।

 

 

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्