वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट बस खोलामा खसेको छ ।

नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको जानकारी दिए ।

 

 

 

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्