एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन २३, नेकपा एसले नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ । नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली भेटेर आग्रह गरेका थिए । अहिले बिहान सचिवालय बैठक ११ बजे बसेर सत्ता गठबन्धनमा सामेल हुनेरनहुने निर्णय लिने जनाइएको छ ।

त्यसअघि प्रचण्डसँगको भेटमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धन बनाउँदा सल्लाह नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । तर हिजो प्रचण्ड र ओलीको संयुक्त भेटपछि सकारात्मक भएको नेकपा एसका महासचिव घनश्याम भुसालले जनाएका छन् । संयुक्त भेटपछि सहकार्यबारे सकारात्मक कुरा भएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गठबन्धनबाट औपचारिक प्रस्ताव आए सरकारमा जान सकिने बताएका छन्

प्रकाशित : 6 March, 2024

प्रतिक्रिया दिनुहोस्