त्रिशूली बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

काठमाडौं । फागुन २३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन्।
उनले लेखेका छन्, ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु।’
कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।