आईसीसीद्धारा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पुर्जी जारी
सहयात्रा टिभी
काठमाडौं । फागुन २३, काठमाण्डौ – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) द्धारा युक्रेनमा युद्ध अपराध गरेको आरोपमा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
आईसीसीले सेनाका उच्च अधिकारी सर्गेई कोबिलाश र नौसेनाका उच्च अधिकारी भिक्टर सोकोलोभलाई पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।
उनीहरुलाई २०२२ अक्टोबर र मार्च २०२३ को बीचमा युक्रेनको एक विद्युतीय पूर्वाधारमा उनीहरुको नेतृत्वमा रहेको सेनाको टोलीले मिसाइल आक्रमण गरेको आरोप लगाइएको खबरमा उल्लेख छ । युक्रेन युद्धसँग सम्बन्धित रूसी अधिकारीहरूको लागि यो दोस्रो चरणको पक्राउ पुर्जी जारी भएको हो।
यसअघि युक्रेनमा युद्ध अपराध गरेको आरोपमा राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बालअधिकार दूतका लागि पक्राउ पुर्जी जारी गरिएको थियो ।