केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डीएसपी बस्याल मृत भेटिएको कोठामा एक पृष्ठ लामो नोट फेला

सहयात्रा टिभी

काठमाडौं । फागुन २३, सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको कोठामा  एउटा ‘सुसाइड नोट’ पनि फेला पारेको छ ।

मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा मृत भेटिएका थिए ।

उनी मृत भेटिएको कोठामा प्रहरीले फेला पारेको एक पृष्ठ लामो नोट प्रारम्भिक अनुसन्धानबाट उनकै भएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नोटमा बस्यालले आफ्नो मृत्युको छानबिनका नाममा कसैलाई दुस्ख नदिन आग्रह गरेका छन् र आफ्ना परिवारका सदस्य तथा सशस्त्र प्रहरी बल संगठनसँग माफी मागेका छन् ।

 

 

प्रकाशित : 6 March, 2024

प्रतिक्रिया दिनुहोस्