केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रंगेलीको प्रिमियरमै तनावमा निर्माण टिम, ४ घण्टा कुरेपछि बल्ल प्रिमियर

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, ग्याङस् अफ वासेपुरको झल्को दिने नेपाली फिल्म रंगेलीको प्रिमियरमा प्राविधिक गडबडीले निर्माण टिम तनावमा परे। बुधवार फिल्मको प्रिमियर राखिएको थियो। प्रिमियर हेर्न आउनेहरू कुरेर निर्माण टिमले ४ घण्टा कटाएको थियो।

साढे ४ बजे भनेर निम्तो गरिएकोमा थियो। तर आयोजकले चाहे अनुसारका व्यक्तिहरू भेला हुँदाहुँदै ६ बज्यो। त्यसपछि कलाकारको परिचय दिँदादिँदै ७ बज्यो। अब फिल्म सुरु है भनेपछि हलका बत्ती निभ्यो। फिल्म चल्यो तर आवाजै आएन। २-३ पटक चलाउँदै, बन्दै गरेपछि बल्ल ८ बजेबाट प्रिमियर सुरु भयो। प्रिमियर शुरुहुँदा फिल्म हेर्न उपस्थित भएका पाहुनाहरू बाहिरिइसकेका थिए। फिल्मको प्राविधिक गडबडीका कारण निर्माण टिमका सदस्य तथा निर्देशक तनावमा थिए।

प्रिमियरमा आएका फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ,विजय बराल लगायत कलाकार पनि तनावमा देखिए। दयाहाङ र मिरुना बुधवारै फिल्म घर ज्वाइँको सुटिङ सेटबाट आइपुगेका थिए। उनीहरू बिहीबार १ बजे सेटमा पुग्नेगरि प्रिमियरमा आएका थिए। फिल्मको प्रिमयर सार्न पनि नमिल्ने। ढिलै भए पनि टिमले फिल्मको प्रिमियर गराइछाडे। २ घण्टा ५५ मिनेटको फिल्म सकिदा रातको ११ कट्यो।

फिल्म सकिएपछि हल बाहिर निर्देशक तथा लेखन अर्जुन सुवेदीको अनुहारमा मलिन देखिएको थियो। तर धपेडी र प्राविधिक गडबडीले प्रिमियर खल्लो बनायो। बचेखुचेका पत्रकारहरूसँग कुराकानी गर्दै दयाहाङ राईले फिल्म मन परेको प्रतिक्रिया दिए। दयालाई आफ्नो अभिनय भएको कुन चैँ फिल्म मन पर्दैन र! मिरुनालाई आफैले अभिनय गरेको फिल्मको कथा र पात्रले मन छोयो रे!

प्रकाशित : 7 March, 2024

प्रतिक्रिया दिनुहोस्