प्रतिनिधिसभाको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।


यस्तै, बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०) पेस गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित : 7 March, 2024

प्रतिक्रिया दिनुहोस्