युवा उद्यमी प्रसाईं सम्मानित

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, ललितपुर सातदोबाटोस्थित पाककला प्रशिक्षणको अग्रणी संस्था ‘आईएचएम’ कलेजका सीईओ सुराच प्रसाईं सम्मानित भएका छन् ।

बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले प्रसाईंलाई सम्मान गरेका हुन् ।

आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै हस्पिटालिटी म्यानेजमेन्टको कोर्षमा युवाहरूलाई कुलनरी आर्ट्स अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन तथा दक्ष जनशक्ति उत्पादन गर्दै अधिकांश विद्यार्थीहरूले स्वदेश एवम् विदेशस्थित स्तरीय होटल रेष्टुराँहरूमा रोजगारी दिन सफल प्रसाईंलाई योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित : 7 March, 2024

प्रतिक्रिया दिनुहोस्