आज दोहोरो अङ्कले बढ्यो नेप्से

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, आज शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ ।

आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ३० दशमलव ५५ बिन्दुमा पुगेको छ ।

आज पिपुल्स हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज साम्लिङ पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो ।

आज ८९ लाख २९ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर ५६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

 

प्रकाशित : 7 March, 2024

प्रतिक्रिया दिनुहोस्