केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनाङका महिला सामूहिक आलु खेतीबाट आत्मनिर्भर बन्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन २५, हिमाली जिल्ला मनाङको तालगाउँका महिला सामूहिक आलु मनाङमा आलुबाट आत्मनिर्भर बन्दै गएका छन् ।

 

नासोँ गाउँपालिका–१ तालगाउँका महिलाले सामूहिकरूपमा आलु खेती गरेका छन् । मनाङमा आलुलाई प्रमुख खेतीका रूपमा लिइन्छ । उनीहरूले व्यावसायिक आलु उत्पादनबाट आयआर्जन गर्दै आएका छन् ।

आफूहरूलाई आलु खेतीले आत्मनिर्भर बन्न सघाउ पुर्‍याएको तालगाउँकी तिरकाशी घलेले बताउनुभयो । जग्गा भाडामा लिएर ११ जना महिलाको समूह बनाएर अहिले १० रोपनी जग्गामा खेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

आलुको उत्पादनबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेको घलेको भनाइ छ । किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिकरूपमा काम थालिएको बताउनुभयो ।

घले र गुरुङ जस्तै अरू महिलाहरू पनि आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र पनि भएकाले उत्पादित आलुको खपतमा खासै समस्या छैन ।

 

प्रकाशित : 8 March, 2024

प्रतिक्रिया दिनुहोस्