राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबार गर्ने कार्यसूची तय

सहयात्रा टिभी

काठमाडा‌ै । फागुन २७, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने कार्यसूची तय भएको छ ।

 

आइतबार बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरु (सर्वदलीय) बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो ।

संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’

यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ ।

यही अनुसार आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची तय भएको छ ।

यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अधयक्षको निर्वाचन हुन लागेको हो ।

 

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्