केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म ‘द रेड सुटकेस’ आगामी चैत ३० गते प्रदर्शनको तयारी

सहयात्रा टिभी

काठमाडा‌ै । फागुन २७, भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको नेपाली फिल्म ‘द रेड सुटकेस’ आगामी चैत ३० गते प्रदर्शन तयारीमा छ ।

प्रदर्शन मिति तय गर्दै फिल्मले आइतबार आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका शीर्ष कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक छ । सृष्टि श्रेष्ठ ग्रामीण महिलाको भूमिकामा देखिएकी छन् । सौगात मल्ल र विपिन कार्की पनि आफ्नो चरित्र चित्रणमा प्रस्तुत छन् ।

फिल्मले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेश गर्छ ।

ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौं, जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैन । फिल्ममा मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।

 

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्