फागुन ३० गते प्रधानमन्त्रीद्धारा विश्वासको मत लिने तयारी

सहयात्रा टिभी

काठमाडा‌ै । फागुन २७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

विश्वासको मत लिने दिन अनिवार्य रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित हुन ह्वीप समेत जारी गरेको उनले बताए। त्‍यस्तै राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते गर्ने पनि तयारी भइरहेको उनले बताए।

त्यसका लागि पनि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको हो।
त्यस्तै बैठकले सरकारमा सहभागी अन्य दलहरूसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो।

 

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्