नाउपा केन्द्रीय समितिको पहिलो बैठक सोमबार बस्दै

सहयात्रा टिभी

काठमाडौं । फगुन २८, पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो बैठक सोमबार बस्दैछ ।

 

चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएर पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितका अनुसार बैठक दिउँसो १ बजे टीकापुरमा बोलाइएको जानकारी दिए ।उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा राखिएको छ ।

संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका विषयमा समेत बैठकले आवश्यक निर्णय लिने पण्डितले बताए । तर, पार्टी अध्यक्ष श्रेष्ठ काठमाडौंमा छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । अध्यक्ष बिरामी भएपछि बैठक प्रभावित हुने आशंका गरिए पनि श्रेष्ठले जसरी पनि टीकापुर पुग्ने बताउँदै सबैलाई जम्मा हुन भनेकी छन् ।

रेशम अहिलेकै सरकारलाई समर्थन गरेर अघि बढ्नु पर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ नयाँ गठबन्धनमा सहभागी हुनु पर्ने अडानमा रहेकी छन् ।

मुख्यमन्त्री शाहले नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर आफू नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् ।

 

प्रकाशित : 11 March, 2024

प्रतिक्रिया दिनुहोस्