लोकसेवाका ३ हजार परीक्षार्थीको नतिजा दुई वर्षदेखि रोकियो

काठमाडौं । फगुन २८, प्रदेश सरकारले बनाएको एउटा कानुनका कारण बागमती प्रदेश लोकसेवा आयोगले अधिकृत छैटौं तहका लागि लिएको परीक्षाको नतिजा दुई वर्षदेखि रोकिएको छ ।
आयोगले प्रदेशभित्रका स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा गरी १३९ जना कर्मचारी माग गरेको थियो । जसमा ३ हजार ११२ जनाले परीक्षा दिएका थिए ।
आर्थिक वर्ष ०७७/७८ मा अप्राविधिकतर्फ प्रशासन र लेखामा ३७ जना तथा कृषि प्राविधिकतर्फ ५५ जना कर्मचारी माग गरेको थियो । जसमा अप्राविधिकतर्फ १ हजार ६५ जना र कृषि प्राविधिकतर्फ ५६८ जनाले २०७८ सालको विभिन्न मितिमा परीक्षा दिएका प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी राजुराज अर्यालले जानकारी दिए ।
आर्थिक वर्ष ०७८/७९ मा आयोगले प्रशासन सेवामा १८ जना र कृषिरइन्जिनियरिङरतर्फ २९ जना कर्मचारी माग गरेको थियो । प्रशासन सेवामा ४११ जना र कृषि इन्जिनियरिङमा १ हजार ६८ जनाले २०७९ सालको विभिन्न मितिमा परीक्षा दिएका थिए ।
उनीहरुले परीक्षा दिइसकेपछि बागमती प्रदेशसभाले स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ पारित गर्यो ।
ऐनको दफा १५८ मा अधिकृतस्तर र छैटौं तहको बाहेकका पद मात्र पदपूर्ति गर्ने उल्लेख भएपछि लोकसेवाले त्यसअघि नै लिएको परीक्षाको नतिजा रोकिएको हो ।
आयोगले सूचना नै जारी गरेर कानुन परिमार्जनपछि मात्र नतिजा प्रकाशन गर्न सकिने बताएको छ ।
तर, अदालतले आदेश दिएको पाँच महिना बितिसक्दा पनि आदेश कार्यान्वयन हुन सकेको छैन । अदालतको आदेशपछि बागमती प्रदेशसभाको बैठक २१ असोजमा एक पटक र २२ असोजमा दुई पटक बसेको थियो ।