कुशल र सन्दीपको अर्धशतकमा पिएनजीसामु १९९ रनको लक्ष्य
सहयात्रा टिभी
काठमाडौं । फागुन २९, त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी(पिएनजी) लाई १सय ९९ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पिएनजीविरुद्ध १९९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो । नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे ।