मादक पदर्थको सेवनगरेका एक चालकले पुलबाट खसाले कार

सहयात्रा टिभी

काठमाडौं । फगुन २८,मादक पदर्थको सेवनगरेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्।

घोराही-लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो।

दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका-१५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए। उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ।

 

प्रकाशित : 12 March, 2024

प्रतिक्रिया दिनुहोस्