रमजानको पवित्र महिनामा पनि इजरायल र हमासबीच युद्ध जारी

सहयात्रा टिभी

काठमाडौं । फागुन २९, इस्लामको पवित्र महिना रमजानमा पनि इजरायली सेना र हमास विद्रोहीबीच गाजामा युद्ध जारी नै छ ।

आजदेखि शुरु इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान महिना आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम समुदयका मानिसहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि शुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।निराहार बस्नुलाई रोजा भनिन्छ ।

रमजानअघि युद्धविराम हुने अपेक्षाका साथ मध्यस्तकर्ताले गरेका सबै प्रयास असफल भएको छ । युद्धका कारण भोकमरीको अवस्थामा पुगेका गाजाबासीमाथि इजरायलले निरन्तर आक्रमण गरिरहेको छ ।

यसैबीच, खाद्य सामग्री बोकेको जहाज गाजामा आउन लागेको खबर सार्वजनिक भएसँगै खाद्यान्न सहायताका लागि कुरिरहेकाहरु इजरायलको आक्रमणमा परेका छन् ।

प्रकाशित : 12 March, 2024

प्रतिक्रिया दिनुहोस्