नेप्सेले २१ सय अंक नाघ्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन २९, मंगलबार सेयर बजार परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको हो ।
नेप्से मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब १९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५५ करोडको कारोबार भयो । कुल २२० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, सननेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।