प्रधानमन्त्रीज्यू, यो जीवनको अन्तिम गल्ती नहोस् : लिङ्देन

सहयात्रा टिभी

काठमाडौं । फागुन ३०, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यले नयाँ गठबन्धन बनेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थको गठजोड भएको बताए ।

‘त्यो सत्ता निर्माण हुँदा गरेको ८ बुँदे, ७ बुँदेबाट पनि त्यही कुरा देखिन्छ,’ उनले भने, ‘देश, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन ।’

‘सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यद्धारा गठबन्धन बनेको हो,’ उनले भने ।

अघिल्लो वर्ष छोटो समय सत्तामा सहकार्य गर्दा प्रधानमन्त्रीले चाल फेर्न लागेको थाहा पाएपछि आफूले जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको उनले स्मरण गरे ।

उनले अगाडि भने, ‘यहाँसम्म तानेर आइपुग्नु भएको छ । म फेरि पनि भन्छु, प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस् ।’

मानिसले जीवनमा गल्ती गर्ने र त्यसलाई सच्याएर अगाडि बढ्ने भन्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘कहिलेकाहीँ गल्ती यस्तो हुन्छ, फेरि सच्याउँछु भन्दा सच्याउने मौका हुँदैन । त्यस्तो नहोस् ।’

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने लिङ्देनले प्रष्ट पारे ।

ठूलठूलो भ्रष्टाचार काण्डमा आफैं संलग्न हुनु भएको छ । त्यसैले यहाँ आएर ठूलो कुरा गर्दा कसैले पत्याउँदैन ।’ अब पूर्व राजा, धर्मलाई गाली गरेर वाहवाही नपाउने भन्दै उनले काम गरेर देखाउन आग्रह समेत गरे ।

प्रकाशित : 13 March, 2024

प्रतिक्रिया दिनुहोस्