सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री रविलाई प्रतिवेदन बुझायो

काठमाडौं । चैत १, सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।