शुक्लाफाँटा निकुञ्ज हुँदै बग्ने चौधर नदीमा २५ वटा घडियाल गोही पठाइयो

सहयात्रा टिभी

काठमाडौं । चैत १, चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ ।

शनिबार बिहान नदीमा घडियाल गोही छोडिने जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो ।

चौधर नदीमा लिखितरुपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन् । त्यसयता हाल मगर गोहीमात्र रहेका छन् । तिवारीले नदी गोहीका लागि उपयुक्त भएकाले पठाइएको बताए ।

निकुञ्ज विभागले गरेको अध्ययनमा सो नदी गोहीका लागि उपयुक्त देखिएकाले यस वर्ष २५ वटा र अर्को वर्ष २५ वटा गोही लैजाने तयारी गरेको हो ।

कञ्चनपुर र डडेलधुराको सिमानामा रहेको चुरे क्षेत्रबाट बग्ने खोला र खोल्सा एवं कहिलेकाहीँ महाकाली सिँचाइ दोस्रो परियोजनाको पानी यो नदीमा आएर मिसिन्छ ।

 

प्रकाशित : 14 March, 2024

प्रतिक्रिया दिनुहोस्