शेयर बजार दोहोरो अङ्कले घटेर रताम्मै

सहयात्रा टिभी

काठमाडौं । चैत १, दोहोरो अङ्कले घटेर आज शेयर बजार रताम्मै भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ ।

दोहोरो अङ्कले बजार ओरालो लागेको दिन स्वाभिमान लघुवित्त कम्पनीको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन वीन नेपाल लघुवित्त र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ५० करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित : 14 March, 2024

प्रतिक्रिया दिनुहोस्