प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी

सहयात्रा टिभी

काठमाडौं । चैत २, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जनआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

तर, सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय लदिएपछि कांग्रेसले अवरोध गरेको थियो ।

तर, सत्तारुढ दलहरु यस्तो अभ्यास गर्न नहुने अडान राखे । दलहरुबीच कुरा नमिलेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दुई घण्टापछि पुनः बसेको थियो ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरे । तर, सभामुख घिमिरेले कांग्रेसको अवरोध वेवास्ता गर्दै गृहमन्त्री लामिछानेलाई राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि कांग्रेस सांसदहरुले नारावाजी गरेका हुन् ।

प्रकाशित : 15 March, 2024

प्रतिक्रिया दिनुहोस्