मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने

सहयात्रा टिभी

काठमाडौं । चैत ३, देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । अन्य भू-भागमा सफा रहेको छ।

आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार सोमबार पनि केही ठाउँमा हिमपात हुनेछ ।

प्रकाशित : 16 March, 2024

प्रतिक्रिया दिनुहोस्