केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घरका २५ परिवार विस्थापित

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

हिजो दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलि‌दा १९ घरधुरीका २५ परिवार विस्थापित भएका रङ्गेली नगरपालिका उपमेयर गोमा पराजुलीले जानकारी दिनुभयो ।

विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन प्रकृया थालेको पनि उहाँको भनाई छ । प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको हो ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरको बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

यस्तै मोरङको पथरी शनिश्चरे वडा नम्बर–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । गएराति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरी सामग्रीसहित अन्न जलेको हो ।

 

 

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्