महोत्तरीका वन अधिकृतसहित २४ जनाविरूद्ध मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनी विरूद्ध पनि ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

यसैगरी सव-डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरूद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्