केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तारेभीर जंगलमा युवतीको हत्या गरेर गाडेको घटनाका आरोपित पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ ।

स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका-३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ ।

२४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव रहेको भन्दै प्रहरीलाई खबर आएको थियो ।

खबर आउनसाथ प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । त्यसदिन साँझदेखि घटनास्थललाई नियन्त्रणमा राखेको प्रहरीले २५ फागुनमा शव उत्खनन गरेको थियो ।

अनुहार हेरेर मात्र शव चिन्न सकिने अवस्था थिएन । तर कपडाको खल्तीमा भेटिएको चाबीबाट उक्त शव सुष्माकै हो भनेर परिवारले शव सनाखत गरेको थियो । शव पहिचान गरेको एक सातापछि प्रहरीले हत्या आरोपी सार्वजनिक गरेको हो ।

पक्राउ परेका रुपेन्द्रलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाउन प्रहरी वृत्त बौद्ध पठाइएको उनले जानकारी दिए ।

 

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्