एकीकृत समाजवादीको महाधिवेशन तयारीका लागि १३ वटा समिति गठन

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, नेकपा एकीकृत समाजवादीले आगामी जेठ पहिलो साता हुने दशौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि १३ वटा समिति गठन गरेको छ ।

केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै नेताहरुलाई राखेर समितिहरु गठन गरिएको अपानि–१४ मा उल्लेख छ ।

अपानि अनुसार, झलनाथ खनालको नेतृत्वमा अतिथि सत्कार कमिटी, डा. वेदुराम भुसालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन कमिटी र रामचन्द्र झाको संयोजकत्वमा संस्कृति तथा कला साहित्य कमिटी गठन गरिएको छ ।

यस्तै डा. विजय पौडेलको संयोजकत्वमा जनपरिचालन तथा यातायात कमिटी, जगनाथ खतिवडाको संयोजकत्वमा प्रचार प्रसार कमिटी, नागेन्द्र चौधरीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन कमिटी र सावित्रा भुसालको संयोजकत्वमा आवास व्यवस्थापन कमिटी बनाइएको छ ।

केदार सिग्देलको संयोजकत्वमा खाद्य व्यवस्थापन कमिटी, गंगालाल तुलाधरको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन कमिटी, केशरकुमार बिष्टको संयोजकत्वमा स्वयंमसेवक परिचालन कमिटी र घनश्याम भूसालको संंयोजकत्वमा सचिवालय कमिटी गठन गरिएको छ ।

 

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्