विदेशबाट पाउडरमा कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप

सहयात्रा टिभी

काठमाडौं । चैत ५, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ उनले भने ।

कांग्रेस सांसद तिमिल्सिनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन् ।

 

 

प्रकाशित : 18 March, 2024

प्रतिक्रिया दिनुहोस्