शेयर बजार आज उच्च अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । चैत ६, हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा पुगेको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।
आज ९४ लाख ७८ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ ।