केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नदी किनारमा कपडा छाडेर दुई दिन देखि बेपत्ता भएका पुरुष मृत भेटिए

सहयात्रा टिभी

काठमाडौँ । चैत ६, सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारमा कपडा छाडेर दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत फेला परेका छन् ।

नदी किनारमा कपडा, मोबाइल घडी छाडेर बेपत्ता भएका ५० वर्षीय वीरबहादुर विक मृत भेटिएका हुन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ कल्लेरीका विकको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार दिउँसो नदीबाट निकालेको छ । ४ चैतदेखि बेपत्ता भएका विकको खोजीका लागि सिनामंगलमा रहेको सशस्त्र प्रहरीको विपद् उद्धार गणको टोली परिचालन भएको थियो ।

७ जना गोताखोरसहित १६ जनाको फौजमा खटिएको टोलीले नदीको करिब २० फिट गहिराइबाट विकको शव निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित : 19 March, 2024

प्रतिक्रिया दिनुहोस्