राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जना सदस्य मनोनयन

सहयात्रा टिभी

काठमाडौं । चैत ७, राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जना सदस्य मनोनयन भएका छन् ।

राजनीतिक दलहरुको सुझावका आधारमा राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए ।

मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् । जसलाई सभाले स्वीकृत गरेको छ ।

 

 

 

प्रकाशित : 20 March, 2024

प्रतिक्रिया दिनुहोस्