केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्षाले १४ वटा वनमा लागेको डढेलो नियन्त्रणमा राहत

सहयात्रा टिभी

काठमाडौं । चैत ७, हिउँद लागेपछि नेपालमा डढेलोले ठूलो रूप लिन्छ, ठूलो जनधनको क्षति हुँदै आएको छ ।

नेपालमा अहिले डढेलोको प्रकोप छ, ६ चैतमा मात्रै देशभरि ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको थियो । मंगलबार आगलागीबाट एक जनाको मृत्यु भयो ।

पूर्वी पहाड, मधेश र बागमती प्रदेशमा लागेको डढेलो मंगलबार राति र बुधबार बिहान परेको पानीले नियन्त्रणमा राहत मिलेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष वैशाखदेखि ६ चैत मंगलबारसम्म ३ सय २१ ठाउँमा वन डढेलो लागेको थियो । जसबाट पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।

जसमध्ये अधिकांश चैत लागेपछिका घटना हुन् । प्राधिकरणका अनुसार यो वर्ष ४३ घरपरिवार डढेलोबाट प्रत्यक्ष प्रभावित भएका छन् । डढेलोबाट मात्रै ५७ लाख २५ हजार रुपैयाँ बराबर क्षति भएको अनुमान गृह मन्त्रालयले गरेको छ ।

 

प्रकाशित : 20 March, 2024

प्रतिक्रिया दिनुहोस्