सेयर बजारको परिसूचक नेप्से ३.३४ अंकले गिरावट
सहयात्रा टिभी
काठमाडौं । चैत ७, बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंकले गिरावट भएको छ ।
गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो ।
यस दिन माइक्रोफाइनान्स समूह २.५ प्रतिशत बढ्यो भने ब्यापार समूह ०.०८ प्रतिशत बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य ९.३ प्रतिशत घट्यो । भगवती हाइड्रोपावरको ६।६, रिलायन्स फाइनान्सको ३.७ र नेपाल फाइनान्सको ३.५ प्रतिशत मूल्य घट्यो ।