बालुवाटारमा आईसीसीका अध्यक्ष बार्कलेले गरे प्रधानमन्त्रीसँग भेट

काठमाडौं । चैत ७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।
अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बताए । भेटमा मुख्य सचिव डा।बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारी पनि सहभागी थिए ।