इन्डोनेशियाको राष्ट्रपतिमा प्रबोवो सुबिआन्तो विजयी

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, इन्डोनेशियामा अघिल्लो महिना भएको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन् ।

सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८।५९ प्रतिशत मत पाएका हुन् ।

प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका छन् । यद्यपि उनका दुबै प्रतिद्वन्द्वीले चुनावी नतीजलाई चुनौती दिने बताएका छन् ।

इन्डोनेसियामा २०.५ करोड मतदाता छन्, यही १४ फेब्रुअरीमा भएको निर्वाचनमा ८० प्रतिशतले मतदान गरेका थिए । तर राष्ट्रपति चुनाव प्रचारका क्रममा उनले आफ्नो छवि सुधारका लागि सामाजिक सञ्जालमार्फत निकै मिहिनेत गरे । उनले प्रचारमा युवाहरुलाई आकर्षित गर्ने प्रयास गरे ।

उनले आगामी अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिनेछन् ।

 

 

प्रकाशित : 21 March, 2024

प्रतिक्रिया दिनुहोस्