केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्तान प्राप्तिपछि रेखा नेपाल फर्किंदै, नयाँ फिल्म बनाउने तयारी

सहयात्रा टिभी

काठमाडौं । चैत ९,  चलचित्र उपहार प्रदर्शन लगत्तै नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छन् । हाल अमेरिकामा रहेकी उनले नयाँ फिल्मको नाम सोचिरहेको बताइन् ।

नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउँदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफूबाट कदापी नहुने उल्लेख गरिन् । मेरो अझै दर्बिलो उपस्थिति हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् ।

रेखा थापा बैशाखको १८ गते नेपाल फर्किँदैछिन् । उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने बुझिएको छ ।

फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छन् । फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् ।

फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् । गत फागुनमा अमेरिकामै छोरी जन्माएकी रेखा बैशाखमा नेपाल आउन लागेकी हुन् ।

प्रकाशित : 22 March, 2024

प्रतिक्रिया दिनुहोस्