एमालेलाई पनि समाजवादी मोर्चामा सहभागी गराउने बारे छलफल

काठमाडौं । चैत ९, माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चाले नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल गरेको छ ।
सत्ता समीकरण फेरिएसँगै शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेलाई पनि समेट्नेबारे छलफल गरेको हो ।
मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवका अनुसार शुक्रबार बसेको बैठकले अन्य दलसँग पनि छलफल गरेर कार्यक्रम ल्याउने बताए ।
यसअघि बिहीबार विप्लव र उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए ।
ओलीसँगको भेटमा मोर्चामा सहभागी हुने विषयमा सकरात्मक कुराकानी भएको र त्यस बारेमा आफूले बैठकमा समेत जानकारी गराएको विप्लवको भनाइ छ ।