पूर्वी नेपालमा सोमबारसम्म पानी पर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत १०, देशभर आज पनि आंशिक बदली भएको छ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको ५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको छ ।

प्रकाशित : 23 March, 2024

प्रतिक्रिया दिनुहोस्