सुन चाँदीको मूल्य बढ्यो
सहयात्रा टिभी
काठमाडौं । चैत १२, सोमबार सुन चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख २५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएकोमा शनिबार र आइतबार सार्वजनिक विदाका कारण मूल्य समायोजन गरिएको थिएन ।
सोमबार भने तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँ रहेको चाँदी सोमबार १५१५ रुपैयाँ पुगेको छ ।