‘ओभर स्टे’मा नेपाल बसेका ५ बंगलादेशी नागरिक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । चैत १२, भिसा अवधि समाप्त (ओभर स्टे)मा नेपाल बसेका ५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोह्रखुट्टेबाट सोमबार ५ जनालाई पक्राउ गरेको हो ।

बंगलादेश ढाकाका २६ वर्षीय एमडी रिफात अहमद, ढाकाकै २३ वर्षीय एमडी अबदुल्लाह, ४५ वर्षीय एमडी समसुल होदा, ३० वर्षीय अबदुल विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई अध्यागमन विभागको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।

 

 

 

प्रकाशित : 25 March, 2024

प्रतिक्रिया दिनुहोस्