केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट गाजामा तुरुन्त युद्धविरामको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं। चैत १३, गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ ।

लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो ।

मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे ।

यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।

चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ । यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् ।

गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित : 26 March, 2024

प्रतिक्रिया दिनुहोस्